भरतपुर, श्रावण २९ २०६७ १०:१५ - कामचलाउ सरकारका अर्थमन्त्री सुरेन्द्र पाँण्डेले लडाकु फौज र कब्जा सम्पत्ती फिर्ता नगरेसम्म माओवादी नेतृत्वमा सरकार सम्भव नहुने बताएका छन् । नेतृत्वमा नरहेका बेला हल गर्न सकिने बिषयको टुंगो लागेपछि मात्रै उसको नेतृत्व सम्भव हुने उहांले बताउनुभयो ।
शनिबार बिहान प्रेस चौतारी चितवनले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृत्वमा रहंदा आफना कार्यकर्ता सम्हाल्न नसक्ने हुंदा माओवादीले लडाकु समायोजन र सम्पत्ती फिर्ता गर्न नसक्ने उनको तर्क छ । सहमतीय सरकार निर्माणमा एकजुट नभए ठूला ३ दलले चक्रीय प्रणालीमा सरकार चलाउनु पर्ने उनको धारणा छ । माओवादी र मधेशबादी दलले अधिंकाश सम्झौता स्वर्गीय गिरिजा प्रसाद कोइरालासित गरेकाले रामचन्द्र पौडेल नेतृत्वले पनि मुलुकलाई निकास दिने सम्भावना नरहेको उनले बताए ।
उनका अनुसार संविधान निर्माण, कानुन निर्माण र चुनाव गरी तीन चरणमा तीन वटा पार्टीको नेतृत्वमा सरकार बनाउन सकिन्छ । 'पहिलो चरण झलनाथ, दोश्रो पुष्पकमल दाहाल र तेस्रो चरणमा रामचन्द्र पौडेलको नेतृत्वमा सरकार बनाउन सकिन्छ,' उनले प्रष्ट्याए । अहिले पनि एमाले सहमति निर्माणमा जुटेकाले प्रधानमन्त्रीको चुनावमा दाहाल र पौडेलले पराजयको डबल ह्याटि्रक गर्ने उनले बताए ।
सरकार निर्माण नहुंदा मुलुक आर्थिक रुपले डामाडोल भएको उनले बताए । उनले सरकारले राजीनामा दिएपनि बजेट ल्याउने व्यवस्था गरिनुपर्ने धारणा राखे । कामचलाउ सरकारले ल्याएको बजेटलाई नयां बन्ने सरकारले पुरक बजेट ल्याएर सच्याउन सक्ने उनको तर्क छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks