कान्तिपुर संवाददाता
काठमाडौ, भाद्र ५ - नयाँ सरकार गठनबारे छलफल गर्न बसेको २२ दलको बैठक निष्कर्षविहीन भएको छ । शनिबार संविधानसभा भवन नयाँबानेश्वरमा बसेको वैठकमा मुख्य तीन दलका नेताले आ-आफ्नो अडान यथावत कायम राखेपछि बैठक निष्कर्षबिहीन भएको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । सबै आ-आफ्नो अडानमा कायम भएपछि राष्ट्रि सहमतिको विन्दु पत्ता नलागेको उनले दाबी गरे । एमालले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमति नभएसम्म आफ्नो पार्टीको अडान यथावत कायम रहने बताए । साथै उनले आजै सम्पन्न पोलिट व्यूरो बैठकले पनि सहमतिको सरकारको प्रस्ताव पारित गरको उल्लेख गरे । कांग्रेस सचेतक लक्ष्मण घिमिरेले वाइसीएलको अर्धसैन्य संरचना विगठन , सम्पति कव्जा फिर्ता नगरेसम्म कुनै हालतमा माओवादी नेतृत्व सरकार स्वीकार गर्न नसकिने बताए । माओवादीले पूर्व सहमति पालना गरेमा उसको नेतृत्वको सरकार स्वीकार गर्न कांग्रेसलाई कुनै आपति नहुने उनको भनाइ थियो ।
राजपाका सह-अध्यक्ष प्रकाशचन्द्र लोहनीले सहमति नभए साना दलले संसद बैठक बहिस्कार गर्ने चेतावनी दिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks