Loving nepal news

Friday, August 6, 2010

आर्थिक चलखेलले पार्टी फुट्योः मैनाली

काठमाडौ, श्रावण २१ - नेकपा मालेका महासचिव सीपी मैनालीले आर्थिक प्रलोभनमा परेर आफ्नो पार्टी फुटेको बताएका छन् । संविधानसभा दलको कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी मैनालीले सैद्धान्तिक र वैचारिक रुपमा पार्टी भित्र असहमति नरहेको बताए ।
'हिजो साँझको पार्टी बैठकमा उहाँहरु सहभागी हुनुहुन्थ्यो,' उनले भने- पार्टीको नीति प्रति प्रतिवद्धता देखाउनु भएको थियो । अचानक पार्टी फोड्नुले आर्थिक चलखेल भएको प्रष्टिन्छ ।'
प्रधानमन्त्री निर्वाचनको पूर्व सन्ध्यमा आएर नेकपा मालेका पोलिटव्यूरो सदस्य जगतबहादुर बोगटीले चार जना सभासद्सहित नेकपा माले (समाजवादी) नामक नयाँ पार्टी खोलेका छन् । उनले पार्टी गठन लगतै मत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिने उल्लेख गरेका छन् । माले स्रोतले प्रति सभासद १ करोड २० लाखका दरले आर्थिक खेल भएको आरोप लगाएको छ ।


google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks