जनक नेपाल
नेपालगन्ज, श्रावण २४ - दुई सातादेखि फैलिएको हैजाबाट नेपालगन्जमा सोमवार थप एक जनाको मृत्यू भएको छ ।
आइतवार राति शिक्षण अस्पताल भर्ना भएका दाङ तुल्सीपुरका ३५ वर्षिय सुधन अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो । उनी वीपीचोकस्थित होटलका कामदार हुन् । राति १० बजे अस्पताल पुर्याइएका अधिकारीको बिहान साढे ४ बजे मृत्यु भएको डा. मधु अर्यालले बताए ।
खानेपानी संस्थान र नगरपालिकाको लार्पबाहीले नगरभित्र झाडापखाला एवं हैजाको प्रकोप फैलिएको पुष्टि भए पनि पिउने पानी र सरसफाईमा सुधार नआउँदा रोग पूर्ण रुपमा नियन्त्रणमा अाएको छैन । सोमवार शिक्षण अस्पतालमा ९ र भेरी अन्चल अस्पतालमा ३१ नयाँ बिरामी आएका छन् । 'दुषित पानीको प्रयोग नरोकिएकाले रोग पूर्ण रुपमा नियन्त्रणमा कठिनाई भएको हो'जिल्ला जनस्वास्थ्यका रोग नियन्त्रण संयोजक रामबहादुर चन्दले भने ।
स्वास्थ्य विभागको टोलीले पनि खानेपानी संस्थानले वितरण गरेको दुषित पानी र नगरभित्रको फोहरले प्रकोप फैलिएको निष्कर्ष निकालेको छ । पाइप लिक भएर नेपालगन्ज-४ र ५ मा वितरित पानी दुषित हुँदा नगरभित्र हैजा र झाडापखाला फैलिएको हो ।
साउन १२ गतेदेखि फैलिएको प्रकोपमा नगरका ४, ५ र ६ नम्बर वडा अति प्रभावित भएका थिए । प्रकोपबाट ७ जनाको मृत्यू हुनाको साथै एक हजार २ सय बिरामी परेको जिल्ला जनस्वास्थ्यले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks