काठमाडौं, श्रावण १६ - क्षमताभन्दा बढी भार बोकेको डुङ्गा कर्णाली नदीमा पल्टिँदा बर्दिया पाताभार गाविस-९ स्थित सतकट्टीघाटमा एक वालकसहित चार जना वेपत्ता भएका छन् ।
डुङ्गा पाताभारबाट कैलालीको टीकापुर जानेक्रममा आइतबार मध्यान्ह १२ बजे पल्टिएको प्रहरीले जनाएको छ । डुङ्गा पल्टिँदा पाताभार गाविस-३ बस्ने अन्दाजी १७ वर्षका मान बहादुर थारु, सोही गाविस-९ बस्ने अन्दाजी २५ वर्षकी निलु थापा र उनका १ वर्षका छोरा सोहन वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव खतिवडाले बताउनु भयो । अन्य एकको नाम र ठेगाना खुल्न सकेको छैन् ।
डुङ्गामा २९ जना यात्रु रहेको प्रहरीले जनाएको छ । ती मध्ये १७ पुरुष ७ महिला र एक डेढ वर्षको वालक भने सकुशल उद्दार गरिएको छ । स्थानियवासीले साना साना तीन वटा डुङ्गालाई एउटै हुने गरि बाँधेर चलाउने क्रममा अनियन्त्रित भइ पल्टिएको बताएका छन् ।
उद्दार भएका यात्रुले प्रहरीलाई जनाए अनुसार डुङ्गा क्षमताभन्दा भएकोले नदीको वहावमा फँसेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks