Loving nepal news

Friday, August 6, 2010

नेपालले प्रधान मन्त्री नपाउने नै भयो त ? एमाले ततस्थ बस्ने तथा मधेसवादी दलहरूको माग कसैले पूरा गर्न नसक्ने

काठमाडौ, २१ श्रावण (दैनिकी)

नेपाली संसदिय इतिहासमा आजको दिन अर्को कालो दिनको रूपमा दर्ता भएको छ। संसदको तेस्रो मुख्य दल एमाले तथा मधेसवादी दल लगाएत धेरैजसो स-साना दलहरूले आज पनि कुनै पनि उम्मेदवारको पक्ष्यमा मतदान नगरेपछी कुनै पनि उम्मेदवारले बिजयका लागि आवश्यक मत प्राप्त गर्न सकेन।

श्रावन ५,७,१७ तथा २१ गते पनि प्रधानमन्त्रीको पदमा कुनै उम्मेदवार बिजय नभएपछी नेपालले प्रधान मन्त्री नपाउने नै भएको जस्तो छ। नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा १२२ मत,विपक्षमा २४५ तथा तटस्थमा १९४ मत परेको थियो। त्यस्तै माओवादी उम्मेदवार पुष्पकमल दाहाल 'प्रचण्ड' को पक्षमा २१३ मत, विपक्षमा ९९ तथा तटस्थमा १५६ मत परेको थियो।

एमाले ततस्थ बस्ने तथा मधेसवादी दलहरूको माग कसैले पूरा गर्न नसक्ने भएपछी आज पनि प्रधानमन्त्रीको चयन नहुने मतदान अगावै स्पष्ट भर्इसकेको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks