Loving nepal news

Wednesday, August 11, 2010

माओवादी बैठक आज

कान्तिपुर संवाददाता

काठमाडौ, श्रावण २७ - माओवादीको केन्द्रीय कमिटीको बैठक आज सुरु हुने भएको छ । यसअघि बुधबारबाटै केन्द्रीय कमिटी बैठक बस्ने भनिए पनि एक दिन पछाडि सारिएको हो । स्रोत अनुसार एमालेले पनि बुधबारै केन्द्रीय कमिटीको बैठक राखेकाले उसको निर्णय पर्खिन माओवादीको बैठक पछि सारिएको हो ।

केन्द्रीय कमिटी बैठक एक दिन सारिए पनि माओवादी पदाधिकारी बैठक भने बुधबार बसेको छ । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकका लागि गृहकार्य गर्न र एजेन्डा तय गर्न पदाधिकारी बैठक भएको जनाए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks