काठमाडौ, भाद्र १३ - माओवादी कुनै पनि राजतन्त्रको पक्षमा नभएको स्पष्ट पारेको छ । आइतबार बसेको माओवादी केन्द्रीय समितिको बैठकले माओवादी कुनै पनि राजतन्त्रको पक्षमा नरहेको उल्लेख गर्दै प्रधानमन्त्री माधवकुमार नेपालको माओवादी सांस्कृतिक र धार्मिक राजतन्त्रको पक्षमा रहेको भन्ने अभिव्यक्तिको खण्डन गरेको छ । साथै मुलुकको सार्वभौमसता र अखण्डताका लागि गणतन्त्रवादी र राष्ट्रवादीसंग एकता हुनसक्ने माओवादीले जनाएको छ ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री नेपालले माओवादी नेतृत्व सांस्कृतिक र धार्मिक राजतन्त्र पक्षमा वकालत गर्दै हिंडेको आरोप लगाएका थिए । आज बसेको माओवादी केन्द्रीय समिति बैठकमा २२ जना पोलिट व्युरो सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि आ-आफ्ना धारणा राखेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks