कान्तिपुर संवाददाता
काठमाडौं-, भाद्र १२ - माओवादी स्थायी समिति सदस्य नेत्रबिक्रम चन्दले जनतालाई धोका हुने अवस्था आए केन्द्रीय नेताहरु सहिद हुन तयार भएको बताएका छन् । कीर्तिपुरमा शनिवार आयोजित कार्यक्रमा बोल्दै चन्दले जसरी पनि लडाई जित्ने अभियानमा आफू लागेको बताए ।
'माओवादी जनतालाई धोका हुने भयो भने नेपाली जनतालाई घात हुने भयो भने यो मिटिङबाट एउटा संकल्प गर्दै छौं' उनले भने- '१४७ जना नेताहरु सहिद बन्न तयार छौं तर नेपाली जनतालाई धोका दिने छैनौं । हामी विजयको नजिक पुगेका छौं ।'
उनले राष्ट्रपति शासन लगाउने प्रयास भइरहेको दाबी समेत गरे । 'हामीले लडाईं जित्नुपर्छ । चाहे सरकारको लडाई होस, चाहे सदनको लडाईं होस, चाहे सडकको लडाइंा होस्' उनको भनाइ छ- 'चाहे जनताको अधिकारको लडाई होस्, चाहे संविधानको लडाई होस्, चाहे अहिले राष्ट्रपति शासन लगाउने खेल भईरहेको छ । त्यो खेललाई रोक्ने लडाई. लडोस, सबै लडाई माओवादीले जित्नुपर्छ ।'
उनले माओवादी नेताहरु सिमित स्वार्थका लागि झुक्ने बताउँदै माओवादी संसदीय खेलमा नफस्ने बताए ।
'कााग्रेस र एमालेका नेताहरु जनतालाई धोका दिने गरेका छन् । उनीहरु माओवादीलाई पनि संसदीय व्यवस्थाको क्षणिक खेलमा तानेर नेपाली जनतालाई धोका दिने बनाउन खोज्दैछन्' उनले भनाइ थियो- 'माओवादीले पनि आफूहरुजस्तै जनतालाई धोका दिओस् भन्ने कााग्रेस र एमालेका नेताहरुले चाहेका छन् ।'
उनले माओवादीबिरुद्ध भारत अमेरिकाले षड्यन्त्र गरको बताए । 'उनीहरु माओवादीको विरुद्धमा षड्यन्त्र गर्दै छन्' उनको भनाइ थियो- 'माओवादीका नेतालाई बदनाम गराउन अभियान चालेका छन् ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks