Loving nepal news

Friday, August 27, 2010

माउण्टेन एयरको हेलिकोप्टर दुर्घटनाबाट बच्यो

मनोज पौडेल

कपिलवस्तु , भाद्र ११ - माउण्टेन एयरको हेलिकोप्टर कपिलवस्तुको बाणगंगा गाविस पिपरास्थित जनता उच्च मावि पछाडि आपतकालिन अवतरण गरेको छ ।

९ एन-एडीई कल साईन भएको उक्त हेलिकोप्टरलाई दिउँसो साढे ३ बजे अवतरण गरेको थियो । सुर्खेतबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर मौसम खराब भए पछि अगाडि बढ्न नसकेपछि अवतरण गरी सुरक्षित भएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका उपरीक्षक राजेन्द्र अधिकारीले बताए ।

हेलिकोप्टरमा ४ भारतीय यात्रु, एक पाईलट र एक ईञ्जिनियर रहेका थिए । सबै यात्रु सकुशल रहको प्रहरीले जनाएको छ । मौसम सफा भए पछि हेलिक्प्टरलाई भैरहवास्थित गौतम बुद्ध बिमान स्थलमा उडाईने बताइएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks