Loving nepal news

Saturday, August 14, 2010

तेस्रो ब्यक्तिका लागि उम्मेदवारी फिर्ता लिउ: बाबुराम भट्टराई

रासस

गोरखा, श्रावण २९ २०६७ ११:०० - माओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईले आगामी भदौ २ गते हुने पाँचौ चरणको निर्वाचनबाट पनि मुलुकले नयाँ प्रधानमन्त्री नपाउने बताएका छन् ।

उनले एमाले र मधेसवादी दलको तटस्थता तथा काँग्रेसको अडानका कारण देशले प्रधानमन्त्री पाउने सम्भावना कम रहेको जनाउँदै प्रधानमन्त्रीका दुवै उम्मेदवारले तेस्रो व्यक्तिमा सहमतिको लागि बाटो खुला गरिदिनुपर्ने बताए ।

माओवादीको गोरखा र नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाले गोरखाको फिनाम गाविसमा शनिबार आयोजना गरेको सभामा माओवादीका उपाध्यक्ष डा भट्टराईले प्रधानमन्त्रीका दुवै दावेदारले उम्मेदवारी फिर्ता गरेर सहमतिको वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् ।

सहमतिको सरकार निर्माणका लागि माओवादीले अघि सारेको पछिल्लो दुइ प्रस्तावबारे जानकारी गराउँदै माओवादी उपाध्यक्ष डा भट्टराईले भने, 'माओवादी अध्यक्ष प्रचण्डको पक्षमा सहमति जुट्न नसके दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता गरेर साझा व्यक्ति खोज्नुपर्ने माओवादीको पछिल्लो राष्ट्रिय सहमतिको लागि प्रस्ताव रहेको छ ।'

उनले माओवादीको पछिल्लो प्रस्ताव तथा निर्णयबारे काँग्रेस र एमालेलाई जानकारी गराइसकेको जनाउँदै राष्ट्रिय सहमतिको विकल्प नरहेको र राष्ट्रिय सहमति तयार हुन नसके देश खतराको बाटोतर्फअघि बढ्ने बताए ।

प्रधानमन्त्री चयन प्रक्रियालाई लम्ब्याएर काँग्रेस र एमालेले संविधानसभालाई असफल बनाउन खोजेको आरोप लगाउँदै नेता डा भट्टराईले शान्ति स्थापना र संविधान निर्माण प्रक्रियाप्रति दलहरु जिम्मेवार बन्न नसकेको र जनताको संविधान निर्माणका लागि माओवादीले अर्को आन्दोलन गर्ने तयारी गरिरहेको जानकारी दिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks