Loving nepal news

Thursday, August 26, 2010

झाडापखालाबाट दुईको मृत्यु

जनक नेपाल

नेपालगन्ज, भाद्र १० - बाँकेको उढरापुर गाउँमा फैलिएको झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । गाउँमा एक सयभन्दा बढी विरामी परेको उप-स्वास्थ्य चौकीले जनाएको छ ।

उढरापुर-९ का ३५ वर्षिय जग्गु रैदास र वडा नं। ५ का ४२ वर्षिय फत्तु बेहनाको मृत्यु भएको हो । झाडापखालाबाट सिंगो गाउँ प्रभावित भएको छ । संक्रमणबाट ५ र ९ नम्बर वडा सबैभन्दा बढी प्रभावित भएको छ ।

उपस्वास्थ्य चौकीमा पर्याप्त औषधि र स्वास्थ्यकर्मी नहुँदा उपचारमा कठिनाई भएको स्थानीयले बताएका छन् । जनस्वास्थ्य कार्यालयका रोग नियन्त्रण संयोजक रामबहादुर चन्दले भने पखालाले प्रकोपको रुप लिन नदिन स्वास्थ्यकर्मी र औषधि पठाइएको बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks