Loving nepal news

Tuesday, August 24, 2010

प्रहरीले गोली चलाउँदा चार सर्वसाधारण घाइते

मनोज बस्नेत

काभ्रे, भाद्र ८ - धुलिखेलमा मंगलबार साँझ प्रहरीले गोली चलाउँदा ४ सर्वसाधारण घाइते भएका छन् । स्थानीयवासीको आक्रमणमा १० प्रहरी पनि सामान्य घाइते भएका छन् ।

धुलिखेलको सन्जिवनी क्याम्पस नजिकै स्थानीय उच्छृंखल युवाहरुको आक्रमणमा बा २ च ७८१७ नम्वरको भ्यानका चालक श्याम तामाङ गम्भीर घाइते भएपछि कारवाहीको माग गर्दै अरनिको राजमार्ग बन्द गर्ने स्थानीयमाथि प्रहरीले गोली चलाएको थियो । जिल्ला प्रहरी प्रमुख रविन्द्र धानुकले प्रहरीको हतियार खोस्न आएपछि प्रहरी गोली चलाउन बाध्य भएको दाबी गरेका छन् ।

गोली लागेर घाइते १० प्रहरी र ४ स्थानीयवासीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks