काठमाडौं, श्रावण १६ - प्रधानमन्त्री निर्वाचनमा कुन दललाई सहयोग गर्ने भन्नेबारे निर्णय गर्न आइतबार साँझ बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक निष्कर्षविहीन बन्यो ।
प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराएका माओवादी र कांग्रेसले मोर्चाको आधारपत्रबारे जवाफ फर्काएपछि बसेको बैठकले पनि कुन दललाई समर्थन गर्ने निर्णय गर्न सकेन । बढी जोड दिएका मागप्रति नै दुवै दलका जवाफ समान भएको निष्कर्षमा मोर्चा पुगेको छ ।
मधेसवादी चार दल आवद्ध मोर्चाले सोमबार पुनः माओवादी र कांग्रेससँग छुट्टाछुट्टै छलफल गरेरमात्र कसलाई समर्थन गर्ने वा फेरि पनि तटस्थ बस्ने निर्णय गर्ने छ । 'माओवादी र कांग्रेसका साथीहरुले असहमतिका बुँदाबारे बसेर छलफल गर्न सकिने भनेकाले भोलि दुवैतर्फी बस्ने कुरा भएको छ,' सदभावनाका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले ईकान्तिपुरलाई भने । मोर्चाले सोमबार बिहान ९ बजे माओवादीसँग र त्यसपछि कांग्रेससँग बैठक बस्ने निर्णय गरेको छ ।
मधेसी मोर्चाले आफूले तयार गरेको आधारपत्रमा लिखित समर्थन जनाउने दललाईमात्र सहयोग गर्ने बताउँदै आएको छ । यसअघि साउन ५ र ७ गते भएको निर्वाचनमा एमालेसहित मोर्चा आवद्ध चार दल तटस्थ बसेका थिए । दुई पटक पनि प्रधानमन्त्री चयन हुन नसकेपछि सोमबार पुनः निर्वाचन हुँदैछ ।
८२ सभासद रहेको मोर्चाले माओवादी र कांग्रेसले आफ्नो अवधारणपत्रमा संसोधन नगरे फेरि पनि तटस्थ बस्ने संकेत गरेको छ । 'हाम्रो मूल 'इस्यू'मा माओवादी र कांग्रेसको अवधारण चित्तबुझ्दो छैन,' कर्णले भने, 'अहिलेकै जवाफका आधारमा त कसैलाई पनि समर्थन गर्न सकिँदैन ।'
मधेसवादी मोर्चाले उठाउँदै आएको आत्मनिर्णय अधिकारसहितको एक मधेस एक प्रदेश, सेनामा मधेसी समूदायको सामूहिक प्रवेश, नागरिकतालगायतका माग माओवादी र कांग्रेसले अस्वीकार गरेका छन् ।
यस्तो छ मधेसी मोर्चाको आधारपत्र
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks