भरतपुर, भाद्र ८ - राप्तीमा आएको बाढीले चितवनको पर्यटकीय क्षेत्र सौराहास्थित नदी किनारमा रहेका २० भन्दा बढी रेष्टुरेण्ट डुबेका छन । नदीमा पानीको बहाव बढदै गएकाले थप होटल र रेष्टुरेष्ट डुवानको खतरामा छन ।
सौराहाका व्यवसायी दामोदर रेग्मीका अनुसार नदीले करिब १ सय मिटर दुरीमा रहेका रेष्टुरेष्ट समेत डुवाउन थालेको छ । अहिले व्यवसायी गाडी र गाडामा रेष्टुरेष्टका समान सुरक्षित स्थलमा लगिरहेका छन । क्षेत्रीय होटल एशोसियशन सौराहाका अध्यक्ष शंकर सैंजुका अनुसार अन्य होटलले खाट निकालेर सुरक्षित स्थानमा राख्न थालेका छन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार माडीको गर्दी गाबिस का अमेलिया, पौवारी र रतनी गाउं डुबेका छन । त्यहां प्रहरीले उद्धारकार्य जारी राखेको छ । त्यसैगरी माडीको बघौडा गाबिसस्थित सिमरा र ढौवामा समेत रतनी खोलाको बाढी पसेको छ । प्रहरीका अनुसार माढी क्षेत्रका एक दर्जन खोला बढेका कारण आवतजावतमा समस्या परेको छ ।
पश्चिम चितवनको मेघौली गाबिसका १ र २ नम्बर वडामा नारायणी नदी पसेको छ । वर्षाका कारण मेघौलीकै गौतमपुर, साझापुर र धरमपुर डुवानमा परेका छन । अहिले पनि ठूलो झरी परिरहेकाले थप गाबिसमा पनि डुवान सुरु भएको प्रहरीले जनाएको छ । डुवानमा परेका क्षेत्रको निरिक्षण गर्न प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतम र एसपी पुष्पचन्द्र रंजित पुगेका छन ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks