Loving nepal news

Sunday, August 29, 2010

किसुनजीको निवास भत्किएकोबारे अख्तियारले अनुसन्धान गर्ने

रासस

काठमाडौं, भाद्र १३ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लास्थित बाँडेगाउँमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निवास भत्केकोमा सो निर्माण कार्यको निरीक्षण गर्न प्राविधिक टोली खटाएको छ ।

टोलीको प्रतिवेदनअनुसार भट्टराईको निवासको पाहुना घर अगाडिको पर्खाल निम्न गुणस्तर र उपयुक्त प्रविधिबिना निर्माण भएकाले सो टेवापर्खाल भत्केको हुँदा सो भवनको अवस्था नाजुक रहेको र अन्य निर्माण कार्यसमेतको गुणस्तर सन्तोषजनक नदेखिएको हुँदा आयोगबाट सो निर्माण कार्यको छानबिन गरी विस्तृत अनुसन्धान गर्न अनुसन्धान अधिकृत तोकेको छ ।

यसैगरी आयोगले उपत्यकाका विभिन्न स्थानका करिब ७०० रोपनी सरकारी एवम् सार्वजनिक जग्गाहरू अनियमित तवरले व्यक्तिको नाममा दर्ता गरिएको भन्ने सम्बन्धमा विस्तृत अनुसन्धान गरी छानबिन गर्न पनि आज अनुसन्धान अधिकृत तोकेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks