काठमाडौ, भाद्र ७ - काँग्रेस संसदीय दलका नेता तथा प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलले लोकतन्त्रमा प्रकृया सुरु गरेपछि त्यसलाई टुङ्गोमा पुर्याउनु पर्ने बताएका छन् ।
पाँचौ पटक प्रधानमन्त्री निर्वाचनमा पराजित भएपछि सोमबार संसद भवनबाट बाहिरीने क्रममा पौडेलले काँग्रेस राष्ट्रिय सहमतिको लागि कहिल्यै बाधक नभएको पनि उल्लेख गरे ।
'काँग्रेस कहिल्यै सहमतिको बाधक छैन । तर, प्रकृयामा प्रवेश गरी सकेपछि त्यसलाई टुङ्गोमा पुर्याउनु पर्छभन्ने हाम्रो भनाइ हो' उनले भने ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks