Loving nepal news

Sunday, August 22, 2010

सशस्त्रका दुई अत्याधुनिक हतियार हराए

केदार ओझा

काठमाडौं, भाद्र ६ - सशस्त्र प्रहरी बलको पोखरास्थित कार्यालयमा रहेको दुई थान आधुनिक हतियार हराएको छ । हराएका हतियारहरुमा एकथान एसएमजी र एक थान पेस्तोल छन् । महाविद्यालयबाट राति तालिमका क्रममा गस्ती गरेर फर्कने क्रममा ती हतियार हराएको बलको मुख्यालयले जनाएको छ ।

महाविद्यालयमा हाल निरीक्षक र असईहरुको तालिम भइरहेको छ । रातभरी जंगलमा गस्ती गरेर बिहान फर्केको टोलीले कोतघरमा हतियार थन्क्याउने बेला ती दुई थान हतियार कमी भएका थाहा भएको थियो ।

तालिमका क्रममा दुई थान हतियार कमी भएको सूचना पोखरास्थित बलका क्षेत्रिय कार्यालयले मुख्यालयलाई गराएलगत्तै पोखरास्थित सबै सशस्त्र बलका सुरक्षाकर्मीलाई आइतवार अघिल्लो दिन हिंडेका स्थानमा खोजीका लागि पठाइएको छ ।

घटनाबारे अनुसन्धान गर्न बलको मुख्यालयले डिआईजी सुशील श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय छानबिन बोर्ड गठन गरेको छ । श्रेष्ठ आइतवारै छानबिनका लागि पोखरास्थित तालिम महाविद्यालय पुगेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks