Loving nepal news

Tuesday, August 17, 2010

उपत्यकाका दसवटा क्याम्पसका प्रमुखहरुले सामूहिक राजीनामा दिए

काठमाडौ,१ भाद्र (दैनिकी)

विश्वविद्यालयले शुल्क सम्बन्धी ठोस निर्णय नगरेसम्म काम गर्ने वातावरण नभएको भन्दै उपत्यकाका दसवटा क्याम्पसका प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले सोमबार राजीनामा दिएका हुन् । क्याम्पस प्रमुखहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई राजीनामा पत्र बुझाएका हुन् । विद्यार्थी संगठनहरुबाट क्याम्पस प्रमुखको कार्यालय र लेखाशाखा तालबन्दी, दैनिक घेराउ, गाली, वेइजती, र अभद्र व्यवहारको कारण कार्य सम्पादन गर्न असहज वातावरण भएकोले राजीनामा दिएको पत्रमा उल्लेख छ ।
राजीनामा दिने क्याम्पस प्रमुखहरुमा रत्नराज्यलक्ष्मीका गोपालचन्द्र पोखरेल, शङ्करदेव क्याम्पसका कमलदीप ढकाल, महेन्द्ररत्न क्याम्पसका नेत्रप्रसाद धिताल, नेपाल कमर्स क्याम्पसका दीवाकर पोखरेल, अमृत साइन्स क्याम्पसका नारायण खड्का छन् । यसैगरी पद्मकन्या क्याम्पसकी इरेन श्रेष्ठ, पब्लिक युथ क्याम्पसकी गीता मल्ल, सरस्वती बहुमुखी क्याम्पसकी राज्यलक्ष्मी खड्का, भक्तपुर क्याम्पसका शंकर उपाध्याय र सानोठिमी क्याम्पसका जगतकृष्ण पोखरेलले पनि राजीनामा दिनु भएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks