Loving nepal news

Friday, August 20, 2010

छोरीसंग झगडा गरिरहेका ज्वाँईको मुक्का प्रहारबाट ससुराको

सर्लाही ४ भाद्र (दैनिकी)

छोरीसंग झगडा गरिरहेका ज्वाँईको मुक्का प्रहारबाट सर्लाहीमा ससुराको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको नेत्रगंज-५ का ६० वर्षीय बालेश्वर सिंह रहेका छन । घर बनाउँदै गरेका ज्वाँई र छोरीबीच झगडा भएपछि पुगेका सिंहले छुट्याउन खोज्दा उनीमाथि ज्वाँईले मुक्का प्रहार गरेका थिए । ज्वाईको प्रहारबाट बेहोस भएका सिंहलाई उपचारार्थ अस्पताललैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या अभियोग लागेका मैनाली प्रहरी नियन्त्रणमा छन ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks