Loving nepal news

Monday, August 23, 2010

जापानिज इन्सेफलाइटिसबाट १ को मृत्यु

गणेश चौधरी

काठमाडौ, भाद्र ७ - जापनिज इन्सेफ्लाइटिसबाट सोमबार एक जनाको मृत्यु भएको छ । धनगढीस्थिति सेती अञ्चल अस्पतालमा उपचारका लागि आएका कञ्चपुर त्रिभुवनवस्तीका राजु चौधरीको सोमबार मृत्यु भएको हो ।

जापनिज इन्सेफ्लाइटिका कारण कैलालीमा ३ जना बालबालिकाको मृत्यु भइसकेको जनाइएको छ । यस अघि कैलाली लालबोझी गाविसका २ वषिर्य विकास चौधरी र पहलमानपुर गाविसकी ५ वषिर्या पुष्पा भुलको मृत्य भएको हो ।

जापनिज इन्सेफलाइटिस रोग लागेका ७ जना विरामीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

जापनिज इन्सफलाइटिस विरुद्धको खोप, जनचेतना जगाउन प्रचारात्मक कार्यक्रम सरसफाई कार्यक्रम गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks