काठमाडौं, भाद्र २ - प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकले डेढ महिनासम्म प्रधानमन्त्री चयन गर्न नसक्ला भनेर आफूले कल्पनासमेत नगरेको बताएका छन् । उनले कामचलाऊ भएर काम गर्न आफूलाई पनि असजिलो भएको बताए ।
'लामो समय प्रधानमन्त्री चयन हुन नसक्दा मुलुकलाई पीडाबोध भइरहेको छ, मलाई पनि पीडाबोध भएको छ,' बुधबार आर्ट काउन्सिलमा कलाकार हरिप्रसाद शर्माको कला प्रदर्शनी अवलोकन गरेपछि उनले भने, 'मैले यस्तो अवस्था आउँछ भनेर कल्पनासमेत गरेको थिइन ।'
प्रधानमन्त्री नेपालले सवै दलहरु मिलेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए । माओवादीको तीब्र दबाबमा असार १६ गते नेपालले राजीनामा दिएका थिए । राजीनामापछि प्रधानमन्त्री चयनका लागि चार पटकसम्म भएको निर्वाचन व्यर्थै भएको छ । निर्वाचनमा प्रधानमन्त्रीकै दल एमाले र मधेसवादी दल तटस्थ बस्दै आएका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks