काठमाडौं, भाद्र २ - इटालीमा भइरहेको आईसीसी विश्व क्रिकेट लिग डिभिजन- ४ अन्तर्गत अहिले जारी खेलमा अर्जेन्टिनाले नेपाललाई १९४ रनको लक्ष्य दिएको छ ।
टस जितेर व्याटिङ रोजेको अर्जेन्टिनाले ८ विकेटको क्षतिमा १ सय ९३ रन जोडेको थियो । अहिले नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ । खेल जारी छ ।
मंगलबार भएको खेलमा नेपाल तान्जानियासँग ९ रनले पराजित भएको थियो । तान्जानियासँगको पराजयसँगै नेपालको डिभिजन- ३ मा उक्लने सम्भावना कठिन भएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks