Loving nepal news

Saturday, August 21, 2010

बस पल्टिँदा तीनको मृत्यु, २० घाइते

लक्ष्मी साह






google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad);
निजगढ, भाद्र ५ - पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको निजगढ नजिकैको तामागढीमा शुक्रबार राति ९ बजे मुनाल यातायातको यात्रुवाहक बस पल्टिँदा तीनको घटनास्थलमै मृत्यु भएको छ । कम्तीमा २० जना घाइते भएका छन् ।
घाइते मध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारको लागि वीरगंज नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ । मृत्यु हुनेमा जनकपुर १५ का २५ वर्षीय अरुण मण्डल, सितापुर मिर्चैयाकी ४० वर्षीया उर्मीला देबी छन् । मृत्यु हुने बाँकी एक जनाको पहिचान हुन सकेको छैन् । प्रहरी निरीक्षक भेषराज रिजालका अनुसार नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना २ ख ७४६५ नम्बरको यात्रुवाहक बस पल्टिँदा दुर्घटना भएको हो ।
तीब्र गतीमा गुडेको गाडी अनियन्त्रित भई पल्टेको बसमा सवार यात्री लोकबहादुर राईले बताए । उनी हेटौंडाबाट सर्लाही जाँदै थिए । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको केहीबेरमै सशस्त्र तथा नेपाल प्रहरी पुगेर उद्धार गरेको थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks