Loving nepal news

Monday, August 16, 2010

दलित बस्ति सोलारबाट झिलिमिली

प्रदिप पन्त बागलुङ ३१ साउन

बागलुङको एक दलित बस्तीमा सौर्य उर्जाबाट विद्युत सेवा विस्तार गरेपछि गाउ झिलिमिली भएको छ । बेलायती नागरिक 'नीक' तथा 'सस्टेन लिमिटेड' नामक संस्थाको सहयोगमा काठमाण्डौको वातावरण विकासका लागि नविकरणीय उर्जा कार्यक्रमले बागलुङको हिल गाविस ९ को २२ घरमा सौर्य विद्युतीकरण गरेको पछि गाउ झिलिमिली भएको हो कार्वन उर्त्सजनलाई कम गर्ने उदेश्य लिएको सो संस्थाले ७५ प्रतिशत सहुलियतमा बागलुङ हिलको दलित बस्तीमा सौर्य उर्जाबाट विद्युत सेवा विस्तार छ।
उक्त विद्युतीकरणबाट उपभोक्ताले कम्तिमा ३ वटा वत्ति, रेडियो, मोवाइल चार्जगर्ने लगायतका सेवा पाएका छन्। राष्ट्रिय प्रसारण लाइन बर्षौ सम्म पनि पुग्न नसक्ने उक्त स्थानमा कार्यक्रमले आफ्नै प्राविधिक समेत ल्याएर न्युन मूल्यमा विद्युतीकरण गरिदिएको हो। उपभोक्ताको आवस्यकताको आधारमा छनौट गरिएका प्रत्येक घरमा २० वाट क्षमताको सौर्य विद्युत जडान गरीएको कार्यक्रमका उपाध्यक्ष श्रीधर भण्डारीले बताउनुभयो। २४ हजार लाग्ने सौर्य सामाग्रीलाई उपभोक्ताको ६ हजार र बा“की संस्थाको सहयोगमा विद्युतीकरण गरिएको हो। यो अभियान थालेपछि सरकारले उपभोक्तालाई प्रति सेटको ६ हजार रुपैया“ अनुदान दिएको छ।
प्राविधिकले निशुल्क उपकरण जडान गरेर बत्ति बालिदिएपछि उपभोक्ताहरुले खुसीयाली मनाएका थिए। गाउमा पहिलो पटक बिजुली बाल्नपाउदा निकै खुसीलागेको स्थानिय ५३ बर्षिय कृष्णबहादुर चुदारले बताउनुभयो। बेलायतमा रहेका कार्यक्रमका अध्यक्ष शुप्रभात बस्नेतको पहलमा यस अघि पनि बागलुङको रेश गाविसमा ५ तथा बुंगा दोभान गाविसका ६० घरमा सौर्य विद्युत जडान गर्नुभएको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks