Loving nepal news

Monday, August 9, 2010

पहिरोमा सात वेपत्ता

अर्जुन शाह

बाजुरा, श्रावण २५ - बाजुराको बाह्रविस गासिस-५ जुवापानीको दलित वस्तीमा सोमबार राति गएको पहिरोमा परी एकै परिवारका चार सहित सात जना बेपत्ता भएका छन् ।

बेपत्ता भएकाहरुमा अन्दाजी ३३ वर्षीया महामति चँदारा सहित उनका तीन छोरा, लक्ष्मी चँदारा र उनकी दुई वर्षीया छोरी र भागी चँदारा बेपत्ता भएको घटनास्थलबाट स्थानीय डम्मर सिंहले जानकारी दिए । बेपत्ता भएकाहरुको पहिरोमा पुरिएर मृत्यु भएको हुन सक्ने स्थानीय बासिन्दाले बताए ।

चार बटा घरहरु पहिरोमा पुरिएका छन् । रुद्ध्र चँदारा, गोरे चँदारा, भागी चँदारा गरी चार जनाको घर पुरिएको थाहा भएको छ । बेपत्ता भएकाहरु गोरे चँदारको घरमा एकै साथ सुतेको स्थानीय बासिन्दाले बताए ।

सदरमुकामदेखि एक दिनको पैदल दुरीमा पर्दछ । प्रहरी घटनास्थल तर्फ पठाईएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए । राती चार बजे तिर गएको पहिरोको घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks