Loving nepal news

Saturday, August 14, 2010

तीन दलको बैठक बसेर सहमति खोज्न काँग्रेस सहमत

कान्तिपुर संवाददाता

काठमाडौ, श्रावण २९ २०६७ ०६:०८ - प्रधानमन्त्री निर्वाचनको विषयलाई लिएर काँग्रेस र एमाले शीर्ष नेताहरुबीच भएको छलफलले तीन ठूला दलको बैठक बसेर सहमति खोज्ने निर्णय गरेको छ ।

महाराजगञ्जस्थित काँग्रेस कार्यबाहक सभापति सुशील कोइराला निवासमा शनिबार साँझ भएको छलफलले सहमतिका लागि तीन दलको बैठक बस्नुपर्ने निर्णय गरेको हो ।

'हामीले तीन दलको बैठक बसेर सहमतिको खोज्ने निर्णइ गर्यौ' एमाले पोलिटव्यूरो सदस्य रामचन्द्र झाले संवाददाताहरुसंग भने, 'भोली बन्दको प्रभाव परेमा पर्सी तीन दलको बैठक बस्ने छ ।'

एमालेले काँग्रेसलाई आफुले तयारको गरेको आठ बुँदै सहमतिको आधारपत्र बुझाउदै सहमति निर्माणको लागि प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता दिन आग्रह गरेको थियो ।

काँग्रेसले भने सहमतिको स्पष्ट मार्ग चित्र नभइ उम्मेदवारी फिर्ता गर्दा मुलुक सुन्यतामा जाने भन्दै अस्वीकार गरेको छ ।

'यतिकै उम्मेदवारी फिर्ता लिंदा मुलुक सुन्यतामा जान्छ र खतराको स्थिति उत्पन्न हुन्छ' काँग्रेस प्रबक्ता अर्जुननरसिंह केसीले भने, 'त्यसैले चार महिनाका लागि काँग्रेसको नेतृत्वको सरकारलाई सहयोग गर्नुस्, शान्ति प्रकृयालाई कार्यन्वयनमा लगेपछि हामी छाड्छौं ।'

बैठकमा काँग्रेसका कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, नेताहरु रामशरण महत, कृष्ण सिटौला लगायतका छन् भने एमालेका अध्यक्ष झलनाथ खनाल, नेता केपी ओली, महासचिव इश्वर पोखरेल, रामचन्द्र झालगायतका नेताहरु रहेका छन् । ओली र पोखरेल बैठकको बीचमै निस्किएका थिए ।

एमालेले यसअघि शनिबार दिउँसो साना दश दलका नेताहरुसंग छलफल गरेको थियो । त्यसमा एमालेले भदौ २ गते तेकिएको प्रधानमन्त्रीको निर्वाचन सार्ने र निर्वाचन हुने नै भएमा सबैले तटस्थ बस्न आग्रह गरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks