Loving nepal news

Friday, August 27, 2010

माओवादीद्वारा राष्ट्रसंघ स्थायी परिषद्का राजदूतहरुसंग छलफल

कान्तिपुर संवाददाता


काठमाडौ, भाद्र ११ - माओवादीको नेतृत्वले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद् सदस्य राष्ट्रका राजदूतहरुलाईसंग भेटी अनमिनको म्याद एक बर्ष थप्नु पर्ने बताएका छन् ।

शनिकार साँझ हो६ल याक एण्ड यतीमा भएको भएको भेटमा माआवादी नेताहरुले नेपालको शान्ति प्रक्रिया टुङ्गोमा नपुगेका कारण अनमिनको आवश्यकता रहेको जीकिर गरेका थिए ।

'हामीले मुलुकमा अनमिनको आवश्यकताको बारेमा भन्यौं' बैठकमा सहभागी माओवादी बिदेश विभाग प्रमुख कृष्णबहादुर महराले भने, 'उहाँहरुले सन्देश आफ्नो मुलुकमा लैजाने बताएनु भएको छ ।'

बैठकमा चीन, फ्रान्स, रसिया, बेलायत र अमेरिकाका राजदूत सहभागी थिए । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन बैद्य र बाबुराम भट्टराई, महरा तथा हिसिला यमी थिए ।

यही भदौ ३० गते अनमिनको समयावधी सकिंदैछ । सरकार र नेपाली सेनाले अनमिनको म्याद थप्न आवश्यक नभएको बताएपछि माओवादीले शुक्रबार बिहानदेखि छलफल अभियान सुरु गरेका हुन् । शुक्रबार बिहान माओवादीले काँग्रेस र मधेसवादी दलहरुसंग छलफल गरेको थियोभने दिउसो प्रधानमन्त्री तथा बिरष्७ मन्त्रीहरुसंग छलफल गरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks