Loving nepal news

Friday, August 13, 2010

कांग्रेस अधिवेशन / मोरङमा विवाद भएपछि मतगणना रोकियो

भीम घिमिरे

विराटनगर- मोरङ अधिवेशनमा विवाद भएपछि मतगणना रोकिएको छ । मतदानका लागि राखिएको कालो मसी प्रयोग नगरी मतदाताले रातो र निलो रंगको मसी प्रयोग गरेको बिषयमा विवाद भएको छ ।

शेरबहादुर देउवा पक्षीय सभापति उम्मेदवार डिगकबहादुर लिम्बूले आफू खुशी प्रयोग गरेको कलमले गरेको मतदानलाई मान्यता दिन नहुने अडान लिएपछि विवाद भएको थियो । साँझ ५ बजे नै मतदान सकिए पनि विवादले मतगणना हुन नसकेपछि शनिबार मतगणना गरिने निर्वाचन मण्डलले जनाएको छ ।

सर्वाधिक चासोको जिल्ला बनेको मोरङमा संस्थापन पक्षका अमृत अर्याल र देउवा पक्षका लिम्बूबीच प्रतिस्पर्धा हुँदैछ । बिहीबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि शुक्रबार पुनः निर्वाचन भएको हो । अर्यालले यसअघि पनि कांग्रेसको जिल्ला नेतृत्व सम्हालिसकेका छन् भने लिम्बू पार्टी विभाजनका बेला प्रजातान्त्रिक कांग्रेसका मोरङ सभापति थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks