काठमाडौं, भाद्र ९ - कांग्रेसको १२ औं महाधिवेशनका लागि झन्डै तीन करोड रुपैयाँ खर्च हुने भएको छ । त्यसका लागि पार्टीद्वारा गठित आर्थिक समितिले बिहीबारदेखि संकलन अभियान थाल्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा समितिले मंगलबार पार्टी पदाधिकारी र मन्त्रीहरूबीच आर्थिक संकलनबारे अन्तक्रिर्यासमेत गरेको थियो ।
समितिका संयोजक दीपकुमार उपाध्यायले रकम संकलन अभियानसँगै पार्टी कोषलाई पारदर्शी र संस्थागत बनाउन लागिने बताए । विगतका कमीकमजोरी हटाउँदै महाधिवेशनका लागि संकलित रकम बैंकमार्फत खर्च गरिने जानकारी उनले दिए । 'जति पैसा जम्मा हुन्छ, बैंकमा राख्छौं, महाधिवेशनलगत्तै अडिट गरी सार्वजनिक गर्छौं,' उनले भने, 'पार्टीको कोषलाई भविष्यमा मजबुत गर्न यसले सहयोग पुर्याउँछ ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks