काठमाडौ, श्रावण २६ - एमाले नेता केपी ओली पक्षधरहरुले पाँचौ चरणको प्रधानमन्त्री निर्वाचन अघि नै समिक्षा बैठकको माग गर्दै 'नोट अफ डिसेन्ट' लेखेका छन् ।
प्रधानमन्त्री पदका लागि पाँचौ चरणको निर्वाचनसम्म पनि सहमति जुट्न नसकेमा भदौ ३ गते बैठक बसी समिक्षा गर्ने निर्णय केन्द्रीय समितिको बैठकले गरेपछि त्यसमा उनीहरुले असहमति जनाएका हुन् । प्रधानमन्त्रीका लागि पाँचौ चरणको निर्वाचन भदौ २ गते हुँदैछ ।
बैठकले माओवादी र काँग्रेस दुवै पार्टीलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने र ८ बुँदे आधारपत्रको आधारमा राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको छ । ८ बुँदे आधारपत्रमा शान्ति र संविधानका लागि माओवादी र काँग्रेससंग विषयहरु प्रस्ताव गरिएका छन् । भदौ २ गतेसम्म पनि सहमति जुट्न नसकेमा पार्टी कुनै पनि उम्मेदवारलाई भोट नहाली तटस्थ बस्ने निर्णय गरेको छ ।
ओली पक्षका नेताहरुले सहमतिको लागि प्रयास गर्ने र पाँचौ चरणको निर्वाचन अगावै त्यसको समिक्षा गरी निर्वाचनमा भाग लिने नलिने सम्बन्धमा निर्णय गर्नुपर्ने माग गरेका थिए ।
भदौ २ गतेखघि नै बैठक बोलाएर समिक्षा गरिनुपर्ने भन्दै लिखित असहमति राख्नेहरुमा उपाध्यक्ष बिद्या भण्डारीसहित नेताहरु खगराज अधिकारी, गुरु बराल, बाचस्पति देवकोटा, भानुभक्त ढकाल, गौरी ओली, कृष्णगोपाल श्रेष्ठ, नजिर मियाँ, गंगा डाँगी, रामेश्वर फुयाल, कर्ण थापा, गणेश तिमिल्सिना, गोकुल घर्ती, कल्पना चापगाई, तुलबहादुर गरुङ, सुशीला नेपाल, देवराज भारलगायत २० जना छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks