नेपालगन्ज, श्रावण २६ - बाके प्रहरीले बिशेष सुरक्षा ब्यवस्था लागु गरेको दाबी गरिरहेकै बेला मंगलवार राति एक समूहले नेपालगन्जमा गोली प्रहार गर्दा एक जना युवक घाईते भएका छन ।
नेपालगन्जको धम्बोजीमा राति करिब साढे ८ बजे गोली चलाउदा धम्बोजीका सुशिल थापा घाईते भएका हुन । उनको दाया हातमा गोली लागेको छ । प्रहरीले उक्त समुहको पहिचान भएपनि गोली चलाउने पक्राउ नपरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी बिनोद घिमिरेले पाचवटा मोटरसाईकलमा आएका छ जनाले थापालाई 'ए शुशिल के छ ?' भनेर रोकेर नजिकबाट गोली चलाएको र उनीहरुको पहिचान भईसकेको बताए । 'पहिचान गरिसकेका छौ, छिट्टै पक्राउ पर्छन ।' उनले भने ।
बाँके प्रहरीले आपराधिक घटना बढदै गईरहेकाले बिशेष सुरक्षा योजना लागु गरेको घोषणा गरेको थियो । तर उक्त योजना घोषणा गरेपनि प्रहरीले शान्तिसुरक्षाको अवस्था सुदृढ गर्न नसकेको भन्दै स्थानियबासी आक्रोसित भएका छन । सोमवार राति एक समुहले नेपालगन्ज उद्योग ब्यापार संघका पुर्ब अध्यक्ष दामोदर आर्चायको घर बाहिर बम राखेका थिए । साता अघि युनिटि मोर्चाका नाममा एक अर्का ब्यापारिको घर अगाढी पनि बम राखिएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks