काडमाडौं २४ साउन (दैनिकी)
नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लागु हुने गरि लोडसेडिङको समय घटाउने भएको छ । कालीगण्डकी जलविद्युत परियोजना मर्मत कार्य पूर्णरुपमा सकिएको जनाउदै अबदेखि पहिलेको साविक समय तालिका बमोजिम नै दैनिक दुई घण्टा अर्थात एक हप्तामा १४ घन्टा मात्र लोडसेडिङ हुने विद्युत प्राधिकरणले जानकारि गराएको हो । यसअघि प्राधिकरणले कालीगण्डकी जलविद्युत परियोजनामा मर्मतको काम भइरहेको भन्दै साउन १७ गतेदेखि लोडसेडिङको समय बढाएर दैनिक ८ घण्टा लोडसेडिङ गराउदै आएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks