Loving nepal news

Thursday, August 5, 2010

अछामबाट लगभग ७४ लाख फ्रिज

शिबराज ढुङ्गाना अछाम, २० श्रावण

अछाम जिल्लाबाट आर्थिक बर्ष २०६६/६७ मा लगभग ७४ लाख रुपैयाँ फ्रिज भएको छ। खर्च गरी सक्ने बेलासम्म पनि खर्च नहुँदा सो रकम फ्रिज भएको हो। जिल्ला विकास समिति मार्फत जिल्लाको विकासका लागि आएको पुँजीगत तर्फको ७३ लाख ९४ हजार ९ सय ५१ रुपैयाँ फ्रिज भएको जिल्ला विकास समितिको कार्यालय अछामका सहलेखापाल शरद ढुङ्गानाले बताउनु भयो। मन्त्रालयबाट २५ करोड ७३ लाख निकासा अछाम जिल्लामा आएको थियो।
अघिल्लो आर्थिक बर्षको तुलनामा यस बर्ष निकै कम रकम फ्रिज भएको जिल्ाल विकास समितिको कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक बर्षमा एक करोड भन्दा बढी रुपैयाँ फ्रिज भएको थियो।
रकम फ्रिज हुने समस्यमा सरकार नै दोषि भएको जिल्ला विकास समितिको कार्यालयका सहलेखापाल ढुङ्गानााको भनाई रहेको छ। 'सरकारले निकासा गर्दा सम्म पन्ध्र दिन मात्रै रहन्छ, कसरी उपभोक्ताले काम गर्ने?' सहलेखापाल ढुंङ्गानाको प्रतिप्रश्न छ।
अछाम जिल्लाका केही योजनाहरु मापदण्ड अनुरुप पुरा नहुँदै भुक्तानी समेत दिइएको छ। जिल्लाका केही योजनाहरुमा अनुगमन र प्राविधिक मुल्यांकन समेत नगरेर भुक्तानी दिएकोले फ्रिज रकम घटेको स्थानिय रामारोशन दैनिकका सह सम्पादक नरेश कुमार शाही बताउँछन्। उनका अनुसार योजना अनुसार नै काम भएमा जिल्लाबाट ठुलो रकम फ्रिज हुने थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks