Loving nepal news

Wednesday, August 4, 2010

शाहिदको चुम्मन लिन इन्कार


काठमाडौं, २० साउन (दैनिकी)
आफ्नो घरेलु चलचित्र ‘आयशा’ मा नायक अभय देओलसंग चुम्मन लिने सोनम कपूरले पंकज कपूर व्दारा निर्देशित चलचित्र ‘मौसम’ मा अभिनेता शाहिद कपूरको चुम्मन लिन इन्कार गरेकी छिन। सोनमका अनुसार उक्त चलचित्रको कथा सुन्दा यस प्रकारको कुनै दृष्यका लागि उनलार्इ भनिएको थिएन।

खबरका अनुसार पनि चलचित्रमा त्यस्तो कुनै दृष्य नभएतापनि अभिनेता शाहिद कपूरको अनूरोधमा पंकज कपूरले चलचचित्रमा यस्तो चुम्मनको दृश्य राख्न सहमती जनाएका थिए तर सोनमले यसको छाँयाकंन गर्न नमानेपछी यस लार्इ चलचित्रमा राख्ने बिचार त्यग्नु परेको थियो। एक पटक त पंकज कपूरले यसका लागि सोनमको बुबा अनिल कपूरलार्इ समेत अनुरोध गर्न लागेका थिए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks