Loving nepal news

Tuesday, August 3, 2010

सैन्य भर्नाबाट अनमिन चिन्तित / भर्ना सम्झौता बिपरीत रहेको जिकिर

काठमाडौ, श्रावण १८ - स‌युक्त राष्ट्रसंघीय मिसन (अनमिन) ले नेपाली सेना र माओवादी सेनाले नयाँ भर्ना गर्ने तयारी गरिरहेको भन्ने खबरबाट अत्यन्त चिन्तित तुल्याएको उल्लेख गरेको छ ।

'नेपाली सेना तथा माओवादी सेना कसैले पनि नयाँ भर्ती गर्ने कुरा विस्तृत शान्ति सम्झौता र हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौता (एएमएमएए) को उल्लङ्‍घन हो भन्ने अनमिनको अडान यथावत छ' बुधबार जारी बिज्ञप्तिमा भनिएको छ ।

अनमिनले 'नयाँ व्यक्तिलाई भर्ना नगर्ने' भन्ने युद्धबिराम आचारसंहिताको मूल प्रावधानलाई हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौता (एएमएमएए) का सान्दर्भिक प्रावधानमा पनि प्रतिबिम्बित गरिएको उल्लेख गरेको छ।

'रिक्त पदहरूमा भर्ना गर्न अनुमति दिने प्रस्ताव त्यतिबेला नै अस्वीकृत भएको कुरामा कुनै दुविधा छैन' अनमिनले भनेको छ, 'पक्षहरूबीच सहमति नभएसम्म रिक्त पदहरूमा समेत कुनै पनि भर्ना गर्न नपाइने प्रावधान हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौता (एएमएमएए) को धारा ५.१.१९ मा उल्लेख छ।'

भर्नासम्बन्धी कुनै पनि प्रस्ताव स्वीकृतिका लागि संयुक्त अनुगमन समन्वय समितिमा प्रस्तुत गर्नुपर्नेसमेत उल्लेख गरेको छ । विगतमा भएका सम्झौताहरूको सम्मान गर्न र यससम्बन्धमा हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौता (एएमएमएए) को अनुगमनकर्ताका रूपमा कार्यादेश पाएको संयुक्त राष्ट्रसंघ प्रति विश्वास गर्न अनमिनले सरकार तथा माओवादी दुवैलाई लेखेर पठाएको पनि बिज्ञप्तिमा उल्लेख छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks