Loving nepal news

Monday, August 2, 2010

काष्ठ व्यवसायी संघले ३५ हजार विरुवा रोप्दै

दशरथ घिमिरे लमही १८ साउन

काष्ठ उद्योग व्यवसायीक संघ दाङले जिल्लामा वृक्षा रोपन अभियान संचालन गरेको छ। वातवरणमा जलवायु परिवर्तनले पारेको नकारात्मक असार वाट वच्न काष्ठ व्यवसायी संघले सोमवार देखी वक्षा रोपण अभियानको सुरु गरेको हो । अभियानको उदघाटन वन विभागका महानिर्देशक माधव प्रसाद आचार्यले गर्नु भयो । पर्यटकिय क्षेत्र जखेरा तालवाट सुरु गरीएको अभियान अर्न्तगत जिल्लाका विभिन्न विद्यालय, संघ संस्था, धार्मिक क्षेत्रमा करीव ३५ हजार विरुवा रोपिने काष्ठ उद्योग व्यवसायी संघले वताएको छ ।

वक्षा रोपण उदघाटन कार्यक्रममा प्रमुख अतिथि वन विभागका महानिर्देशक आचार्यले दाङ जिल्लाको वन क्षेत्रको समुचित व्यवस्थापन गरे सवै नागरीक लाई रोजगारीका लागी अनेत्र धाउनु पर्ने वाध्यता हटेर जाने वताउनु भयो । जिल्लामा यती वन छ, त्यसको व्यवस्थापन गर्ने हो भने यहाँ चाहे जस्तो काम हुन्छ आचार्यले भन्नु भयो ।

काष्ठ व्यवसायीहरु काठ मात्र काटछन भन्ने गल धारणान नागरीक वाट हटाउन वृक्षा रोपन अभियानले ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले काठ व्यवसायीहरुले आफ्नो व्यवसायको साथ साथै वन संरक्षणलाई संग संगै लैजानु पर्ने सुझाव दिनु भयो । राष्ट्रिय सम्पत्तिको संरक्षण गर्ने दायित्व सवै नागरीक भएको भन्दै उहाँले वन, वातावरण संरक्षण गर्न वाट कोही पछि हटन नहुने वताउनु भयो ।

त्यसैगरी सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष शोभाकर साप्कोटाले वन संरक्षण विन मानव विकासको कल्पना गर्न नसकिने भन्दै वृक्षा रोपण र संरक्षण अभियानलाई संग संगै लैजानु पर्ने वताउनु भयो । उपभोक्ताहरुका अधिकार कटौति गर्ने हिसाव वाट संचालीत हुने कुनै पनि योजना मान्य नहुने कुरामा जोड दिदै निकुञ्ज विस्तार योजनालाई उपभोक्ताका माझमा लैजानु पर्ने वताउनु भयो ।

नागरीक समाज दाङका संयोजक टिकाराम रेग्मिले वन तथा वातवरण संरक्षण एक्लैले गरेर पुरा हुन नसक्ने भन्दै सम्पर्ुण्ा नागरीकहरुको सहभागीतामा संरक्षण र्सर्म्वद्धन गरीनु पर्ने वताउनु भयो । त्यस्तै राष्ट्रिय जनमोर्चाका क्षेत्रिय अध्यक्ष महेश रिजालले जिल्लामा वन संरक्षणका कार्यकक्रम सफल भएको वताउनु भयो । पहीलेको भन्दा अहीलेको स्थितिमा सुधार आएको छ तर सन्तुष्ट हुने अवस्था छैन उहाँले भन्नु भयो ।

सो अवसरमा वन विभागका उप-महानिर्देशक हरीहर सिक्देल, अञ्चल प्रहरी प्रमुख राज वहादुर विष्ट, मालेका जिल्ला सदस्य सिसान्त रावत, देउखुरी वहुमुखि क्याम्पसका प्रमुख शेषमणी गौतम लगाएतले वन संरक्षणमा काष्ट व्यवसायीहरुले सृजनात्मक भुमिका खेल्नर्ुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा काष्ट व्यवसायी संघले वन महासंघका निर्देशक आचार्य लाई प्राकृतिक श्रोत साधन समितिको सिफारीसमा रोकिएको काठ कटान, ओसार पसारको कार्य खोल्न ज्ञापन पत्र वुझाएको थियो । काठ ओसार पसारमा रोक भएपछि जिल्लाका काठ व्यवसायी मर्कामा परेका छन । उद्योगहरु वन्द गर्नर्ुपर्ने अवस्थामा पुगेको व्यवसायीहरुको भनाई छ । जिल्लामा दर्ुइ सय ६५ वढी काष्ठ व्यवसायी छन । नारायण छम्पाली को स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको संचलान ऋषि रावतले गर्नु भएको थियो । कार्यक्रम काष्ट उद्योग व्यवसायी संघका अध्यक्ष गिरीराज सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

काष्ट व्यवसायी दाङले साउन ३० गते सम्म जिल्लाका विभिन्न विद्यालय लगाएत अन्य क्षेत्रमा ३५ हजार विरुवा रोपि सक्ने जनाएको छ । संघले सेन्टर हाईस्कुल तुलसीपुरमा २४ सय, विजौरी उच्च माविमा ३२ सय, वेल्झुण्डि स्कुलमा १३ सय, नेपाल संस्कृत विश्व विद्यालय विजौरीमा चार हजार सात सय ८०, पुष्प वाटिकामा ६ हजार दुइ ४०, वगार वावा धार्मिक क्षेत्र रिहजारमा ५ सय र जेष्ठ नागरीक वृद्धा आश्रम दाङमा तिन हजार विरुवा वृक्षरोपण गर्ने छ । सिमल, हर्रा वर्रा अमला, वेल, माला गेडि, टिम्मुर लगायत प्रजातीका विरुवा रोपिने छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks