खनाललाई ३ सय ७९ मत:
प्रधानमन्त्रीका प्रत्यासी एमाले अध्यक्ष झलनाथ खनालको स्थिति बालियो देखिएको छ । दुई तिहाइ बहुमत प्राप्त हुने अबस्थामा मात्र उम्मेदवारी यथावत रहने र्सतमा आएका खनाललाई साँढे १२ बजेसम्ममा माओवादी र मधेसी जनअधिकार फोरमले समर्थन जनाइसकेको छ । उनको पक्षमा एमालेको १ सय ८ (सभामुख बाहेक), माओवादीले २ सय ३७ (तमलोपबाट आएकासहित) फोरमको २५ र नेकपा मालेको ९ सभासद् गरी कुल ३ सय ७९ पुगेको छ । काँग्रेसबाहेक अन्य दलहरुको भने निर्णय आइसकेको छैन । दिउसो दुई बजेदेखि निर्वाचन प्रकृया सुरु हुनेछ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks