कान्तिपुर संवाददाता
काठमाडौ, श्रावण १० - कांग्रेसले सत्ता समिकरणका लागि लोकतान्त्रिक मधेसी मोर्चाले अघि सारेको माग सकारात्मक भन्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । तर मोर्चाले प्रस्तुत गरेको स्वायत्त मधेस एक प्रदेश लगायतका माग कसरी सम्वोधन गर्ने भन्ने बैठकले निर्णय गरेको छैन् ।
कार्यवाहक सभापति सुशील कोइरालाको महाराजगंजस्थित निवासमा सोमबार बसेको पदाधिकारी र केन्द्रीय सदस्यहरुको संयुक्त बैठकले नयाँ सत्ता समिकरणका लागि मोर्चाको माग सम्वोधन गर्ने निर्णय गरेको हो ।
महामन्त्री विमलेन्द्र निधिका अनुसार प्रधानमन्त्री चयनका लागि संसदमा आगामी १७ गते हुने निर्वाचनमा आफ्नो पक्षमा बहुमत जुटाउन सबै दलसँग छलफल तिब्र पार्ने निर्णय बैठकले गरेको छ । त्यसैगरी बैठकले सरकार निर्माणका लागि सानाठूला सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ ।
बैठकमा पार्टीको वार्ता टोलीले अन्य दलसँग भएको छलफलको प्रगतिबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराएका थिए । वार्ता टोलीलाई थप सक्रिय पार्ने निर्णय पनि भएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks