Loving nepal news

Tuesday, July 13, 2010

चाकलिघाट गाउँमा झाडा पखालाको प्रकोप फैलियो, पुरै गाउँ प्रभावित

चाकलिघाट गाउँमा झाडा पखालाको प्रकोप फैलियो, पुरै गाउँ प्रभावितवान्ताकारण दाङमा एकको मृत्यु
दशरथ घिमिरे लमही ३० असार

दाङको रामपुर गाउँ विकास समिति वर्डा नम्वर २ चाकलिघाट गाउँमा झाडा पखालाको प्रकोप फैलिएको छ। झाडा वान्ताका कारण एक वालिकाको मृत्यु भैसको छ भने पुरै गाउँमा संक्रमण फैलिएको स्थानिय वासिन्दाले जानकारी दिएका छन। मंगलवार विहान वाट फैलिएको झडा वान्ताका कारण रामपुर–२ चाकलिघाटकि १७ वर्षिय भगवति घर्तिको मृत्यु भएको उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र लमही आउनु भएकि स्थानिय वासिन्दा लिला घर्तिले वताउनु भयो। गाउँमा पुरै झाडा वान्ताले ठुलो रुप लिएको छ, उपचारका लागी ल्याउदै गर्दा उनको मृत्यु भएको हो उहाँले भन्नु भयो।

स्वास्थ्य केन्द्रमा अहीले पाचँ जना को उपचार भैरहेको छ। अस्पताल आउनेको संख्या वढ्दै गएको केन्द्रका मेडिकल अधिकृत महेश गौतमले जानकारी दिनु भयो। झाडा वान्ताको वारेमा वुझन स्वास्थ्य केन्द्रले केही कर्मचरीलाई त्यस तर्फ पठाएको थियो। चाकलिघाट र ढुङ्गाहान्ने गाउँमा झाडा वान्ताको संक्रमण फैलिएको अनुगमन गर्न जानु भएका केन्द्रमा कार्यरथ सचेत विरही भणडरीले वताउनु भयो।

गाउँमा झाडा वान्ताले महामारिको रुप लिन थालेपछि विद्यालय वन्द गरीएको छ। प्राथमिक विद्यालय ढुङ्गाहान्ने अनिश्चित समय सम्मका लागी वन्द गरीएको छ। गाउँका सवै वालवालिका त्यहाँ अध्ययन गर्ने भएकाले प्रकोप फैलन नदिन विद्यालय वन्द गर्नुपरेको विद्यालयकि शिक्षिका शारदा भट्टले वताउनु भयो।

केही दिन देखी निरन्तर परेको पानिले खानेपानिको मुहानमा विगारीदिएपछि धारामा धमिलो पानि पिउने गरेको स्थानिय गोपाल घर्ति मगरले वताउनु भयो। दुषित पानिका कारण झाडा पखालाला फैलिएको हो। झाडा पखाला फैलिएको गाउँमा यातायातको सुविधा पुग्न सकेको छैन। अर्जनु खोलाको तिरतिरै दुई घण्टाको पैदल दुरीमा पर्छ। जसका कारण उपचारका लागी विरामीहरु ल्याउन गाह्रो परिरहेको छ।

यसैविच जिल्ला जनस्वास्थ्य कार्यालय दाङले प्रभावित क्षेत्रमा आजै स्वास्थ्य क्रमि सहीतको एक टोली त्यस तर्फ पठाउने जनस्वास्थ्य प्रमुख केशव पण्डितले जानकारी गराउनु भएको छ। विरामीहरुको उपचारको लागी स्वास्थ्य कर्मिको टोलि पठाउछौं उहाँले भन्नु भयो। वान्ताको कारण मृत्यु भएको वारेमा जानकारी नभएको उहाँले वताउनु भयो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks