Loving nepal news

Wednesday, July 28, 2010

बाघको संख्या बढ्यो


अब्दुल्लाह मियाँ

काठमाडौ, श्रावण १३ - मुलुकमा बाघको संख्या बढेको छ । एक अध्ययन अनुसार गतवर्ष मुलुकभर १ सय २१ रहेको बाघको संख्या यसवर्ष १ सय ५५ पुगेको छ ।

बाघ संरक्षण दिवसको अवसरमा बिहीबार राजधानीको पर्यटन बोर्डमा वन मन्त्रालय लगायत विभिन्न निकायले गरेको कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

राष्ट्रिय निकुञ्ज विभाग र बाघ संरक्षणमा काम गर्ने विभिन्न निकायहरुले गरेको अध्ययनले बाघको संख्या बढेको देखाएको छ । वन मन्त्रालयका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र बरण्डाबार क्षेत्रमा १ सय २५, बर्दिया राष्ट्रिय निकुञ्जमा १८,शुक्ला फाँटा बन्यजन्तु आरक्षमा ८ र पर्सा निकुञ्जमा ४ वटा बाघ भेटिएको छ । एक महिना लगाएर क्यामरा ट्रयापिङ मार्फत बाघको गणना गरिएको थियो । उक्त कार्यका लागि डब्लुडब्लुएफले ३८ लाख आर्थिक सहयोग गरेको थियो । बाघ गणनाका लागि १ सय ७० हात्तीको प्रयोग गरिएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks