अक्कल लामा - आन्सान सम्वाददाता द कोरिया
आइतबार,जुलाई ,१८,२०१०
आन्सान सिटिको आयोजना तथा नेपाली दुतावासको सकि्रयता र आपतकालिन नेपाली सेवा समितिको पूर्ण सहभागितामा कोरियाको कानून मन्त्रालय श्रममन्त्रालय अध्यागमन विभागको प्रतिनीधि र मानवअधिकारहरुद्धारा कोरियाको आप्रवासी परिवर्तित कानून सम्बन्धि जानकरी दिने उद्देश्यले आउदो अगष्ट १ तारिखको दिन कोरियामा हाल विभिन्न पेशामा रहेका नेपालीहरुलाई आन्सान माइग्रेन्टको हलमा प्रशिक्षण कार्यक्रम राखेको छ । सो कार्यक्रमबाट इपिएस विवाह विद्यार्थी व्यापारी र अन्य भिषाबाट कोरियामा प्रवेश गरि विभिन्न समस्याहरु झेल्नु परेकाहरु र भविष्यमा आइपर्न सक्ने सम्भवित समस्याहरुको बारेमा बुझ्ने र समस्याको निराकरण गर्ने कानूनी प्रवधानहरु के के हुन र यसलाई कसरी सुल्झाउन सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिने कुरा कार्यक्रमकी संयोजक लि हे सुकले बताउनु भएकी छिन् । उहाको अनुसार जी ट्वान्टिको निहुं गरि हाल अवैधानिक मजदुरहरुलाई बनाएको कानुनले दुविधामा परेका अवेैधानिक मजदुरहरुले पनि सो कार्यक्रममा उपस्थित भइ वास्ताविकता र सत्यता थाहा पाई आफ्नो भावि योजना बनाउन सहयता पुग्ने छ । कार्यक्रममा इपिएस मार्फत फिसिङ र कृषिमा आइ काम छोड्न वा दुःख पाएकाहरु तथा कम्पनीमा विभिन्न समस्या परिरहेकाहरुले उपस्थित भइ आफ्नो वास्ताविकता बताएमा सनुवाइ समेत हुन सक्ने भएकोले सबैले भाग लिनु पर्ने देखिन्छ । कार्यक्रममा दुतावासबाट के कस्त सहयोग लिन सकिन्छ भन्ने कुराको जनकारी उपनियोग यादव खनालज्यूले दिनु हुने छ भने भाषाको अप्ठ्यारोलाई मध्य नजर गरि सम्पूर्ण जानकारी नेपाली भाषामै लिन दिन सक्ने व्यबस्था मिलाएको छ । कार्यक्रम सम्बन्धि बिस्तृत जानकारीको लागि दुतावास ०२ ३७८९ ९७७० आन्सान सिटि प्रतिनीधि ०१८ ३९०९ ९१० र आपतकालिन प्रतिनीधि ०१० २८९७ ७२८२ ०१० २५९२ ६०४९ मा सम्पर्क गर्न सकिने छ । कार्यक्रम आन्सान माइग्रेन्टको हलमा अगष्ट १ को दिउसो २ बजे देखि ४ बजे सम्म हुने छ । |
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks