Loving nepal news

Thursday, July 15, 2010

साढे तीन महिनापछि संविधानसभा बैठक

साढे तीन महिनापछि संविधानसभा बैठक
कान्तिपुर संवाददाता
काठमाडौं, अषाढ ३१ - साढे तीन महिनायता अवरुद्ध संविधान निर्माण प्रक्रिया आगामी आइतवारबाट सुरु हुने भएको छ ।

प्रक्रिया थालनीका लागि संविधानसभाको बैठक आगामी आइतवार बोलाउन मुख्य तीन दल सहमत भएका छन् । बिहीबार बिहान बसेको माओवादी, कांग्रेस र एमालेको बैठकले आगामी चैत मसान्तभित्र नयाँ संविधान घोषणा गर्न सहमति जनाउँदै आइतवारबाट संविधान निर्माण प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।

संबिधानसभाको म्याद थपिएको ४८ दिनपछि संविधान निर्माण कार्यतालिकालाई अन्तिम रुप दिँदै दलहरुले सो सहमति गरेका हुन् । नयाँ सविधानको पहिलो एकीकृत मस्यौदा लेख्ने काम जारी रहँदा दलहरुवीचको असहमतिका कारण गत चैत १४ गतेदेखि लेखन प्रक्रिया अवरुद्ध भएको थियो ।

कार्यव्यवस्था परामर्श समितिमा छलफलपछि अब बस्ने संविधानसभा बैठकले संविधान निर्माण कार्यतालिका अनुमोदन गर्ने कांग्रेस मुख्य सचेतक लक्ष्मण घिमिरेले जानकारी दिए ।

बैठकले आगामी साउन १५ गतेदेखि उच्चस्तरीय राज्य पुनसंरचना आयोगको काम प्रारम्भ गर्ने निर्णय पनि गरेको छ । मुख्य सचेतक घिमिरेका अनुसार, आयोगमा रहने सदस्यबारे भने संविधानसभाका सबै दलसँगको परामर्शपछि टुङ्गो लगाइनेछ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks