Loving nepal news

Friday, July 16, 2010

घरैपिच्छे टाईफाईडका विरामी

घरैपिच्छे टाईफाईडका विरामी
पूर्ण विके
तनहुँ-, अषाढ ३२ - व्यास २ दमौलीका विकास खनालका घरका चार जना मध्ये उनी सहित तीन जना टाईफाईड र अत्याधिक ज्वरोले विरामी परेका छन् । उनले कान्छि छोरी वाहेक श्रीमती मुना, ठुली छोरी र आँफुलाई टाईफाईड भएको वताए ।

'अत्यधिक ज्वरो आएपछि अस्पतालमा जचाँउन जाँदा टाईफाईड भएको रहेछ ।' खनालले आफ्नो घर वरपरका छिमेकीहरुमा पनि टाईफाईड देखिएको वताउँदै भने, 'छिमेकी घरहरुमा सवै टाईफाईडले थलिएका छन् ।' उनले उपचार पछि राती ज्वरो वढ्ने र विहान घट्ने गरेको जानकारी दिए ।

दमौलीका अर्का टाईफाईडका विरामी निलवहादुर आलेले आफु सहित घरमा श्रीमती, छोरी सहित परिवारका तीन जना विरामी परेको वताए । उनले अचानक टाउको दुख्ने र ज्वरो आईहाल्ने भएपछि नजिकैको क्लिनिकमा जचाउँदा परिवारका सवैलाई टाईफाईड देखिएको जानकारी दिए । 'सवै एकै चोटी थलियौं ।' विरामी अवस्थामा रहेका उनले भने, 'दमौलीका सवैजसो मान्छे विरामी परेको देख्दा छक्क परेको छु ।' उनले केही छिमेकीहरु अचानक ज्वरोले थलिएपछि दमौलीमा नजचाई पोखरा जाने गरेको जानकारी दिए ।

दमौलीवाट प्रकाशित हुने भञ्ज्याङ्ग दैनिकका सम्पादक विश्ववन्धु भण्डारीले केही दिन अघि आँफु र छोरा सुमनवन्धु टाईफाईड र जण्डिसले विरामी परेको वताए । 'ज्वरो आउने र खाना नरुच्ने भएपछि जचाउन पोखरा गयौं ।' ६१ वषर्ीय भण्डारीले फेवा सिटी अस्पतालका डाक्टरले पानी उमालेर मात्रै पिउने सल्लाह दिएको वताउँदै भने, 'अहिले सँधै पानी उमालेर नै पिउने गरेका छौं ।'

भण्डारीले भञ्ज्याङ्ग दैनिकले शुक्रवार गरेको सर्वेक्ष्ाणले व्यास २, १० र ११ मा रहेका १४ वटा घरको ज्वरोका विरामीको सर्भेक्ष्ाण गर्दा ९८ जना मध्ये ६८ जनामा ज्वरो र टाईफाईडले विरामी परेको देखाएको वताए ।

दमौली अस्पतालका ल्याव टेक्निसियन राजेन्द्र रानाभाटले असार १ गतेदेखि २९ गतेसम्ममा ४४६ जनाको रगत परिक्ष्ाण गरिएकोमा ३ सय २६ जनाको टाईफाईडको जिवाणु देखिएको वताए । उनले अस्पतालमा व्यास नगरपालिका क्ष्ाेत्रका धेरै मानिसहरुलाई टाईफाईड भएको वताए ।

दमौली अस्पतालले दैनिक स्वास्थ्य परिक्ष्ाण गर्न आउने करिव १ सय ६० जना विरामी मध्ये ४० जना ज्वरोको विरामी हुने गरेको जनाएको छ । अस्पतालमा रहेको २४ वटा वेड मध्ये अहिले विरामी कुरुवा वेडमा समेत टाईफाईडका विरामी राखेर उपचार गराउनु पर्ने वाध्यता रहेको अस्पतालले जनाएको छ ।

दमौलीका अन्य निजि अस्पताल तथा क्लिनिकहरुमा पनि ज्वरोका विरामीहरु ह्वात्तै वढेका छन् । दमौली अस्पतालका डाक्टर शुसिलनाथ प्याकुरेलले दुषित पानी र खानाका कारण टाईफाईडका विरामी वढेको वताए । उनले टाईफाईडका विरामीलाई पानी उमालेर मात्रै पिउने सल्लाह दिने गरेको जानकारी दिए । उनले भने, 'उमालेको पानी पर्याप्त खाने र स्वास्थ्य चौकीमा उपचार गराउने सल्लाह दिएका छौं

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks