Loving nepal news

Saturday, July 24, 2010

सरकार निर्माणका विषयमा काँग्रेस र मधेशी मोर्चाबीच छलफल/मोर्चाद्वारा लिखित प्रतिवद्धता माग

अबदुल्ला मियाँ

काठमाडौ, श्रावण ९ - संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेशको सवाल,संविधान निर्माण र शान्ति प्रक्रिया जस्ता मुद्दामा नेपाली काँग्रेस पार्टीको लिखित औपचारिक धारणा आएमात्र सरकार निर्माणका लागि उसलाई सहयोग गर्ने नगर्ने बारे निर्णय गर्न सकिने जनाएको छ ।

सरकार निर्माणका लागि सहयोगका लागि छलफलका लागि पुगेका काँग्रेसका नेताहरुसंग मोर्चाले पार्टीको लिखित प्रतिवद्धता माग गरेको हो । आइतबार बिहान सिंहदरवारस्थित तमलोपा संसदीय दलको कार्यालयमा मोर्चा र काँग्रेसका नेताहरुबीच छलफल भएको हो ।

बैठकपछि मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले मोर्चाले अघि सारेको अवधारणा पत्रबारे काँग्रेसको औपचारिक निर्णय लिखित रुपमा आएमात्र सरकार निर्माणका लागि समर्थन गर्ने वा नगर्ने निर्णय लिइने बताए ।

काँग्रेस नेता केसीले मोर्चासंगको छलफल निर्णयक बिन्दुमा नपुगेको बताए । 'मोर्चाको माग बारे हामी सकारात्मक छौं,'उनले भने-'त्यसबारे साउन १७ अगाडि नै पार्टीको दृष्टिकोण तयार पारेर मोर्चालाई बुझाउँछौं ।'छलफलमा काँग्रेस महामन्त्री विमलेन्द्र निधी,नेता केसी र शेखर कोइरालाका तथा मोर्चामा आवद्ध चार मधेशवादी पार्टीका शीर्ष नेताहरुको सहभागिता थियो । सरकार गठनकै विषयलाई लिएर अपरान्ह माओवादी नेतृत्व र मधेशी मोर्चाका नेतहरुबीच छलफल हुन लागेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks