Loving nepal news

Tuesday, July 27, 2010

वाणिज्य संघ अध्यक्षको घरमा बम

कान्तिपुर संवाददाता

उदयपुर, श्रावण १२ - पूर्वी पहाडमा सशस्त्र भूमीगत आन्दोलन गर्दै आएको संयुक्त जातीय मुक्ति मोर्चाले मंगलबार राति उदयपुरको मुर्कुची उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्रप्रसाद साहको पसललाई लक्षित गरि शक्तिशाली बम विस्फोट गराएको छ ।

साहको पसललाई लक्षित गरी सकेट वम विस्फोटन गराइएको प्रहरीले जनाएको छ । विस्फोटले पसल बाहिर सामन्य क्षति पुगेकेा प्रहरी नायव उपरिक्षक मनोज यादवले बताए । साह पसल भएकै घरमा बस्दै आएका छन ।

विस्फोट गराएको स्थानमा मोर्चाले जारी गरेकेा पर्चा भेटिएको प्रहरीले जनाएको छ । पर्चामा जातीय सरकारको गठन सहित ५ बुंदा उल्लेख भएको उपरीक्षक यादवले वताए । यसअघि जेठ १८ गतेपनि मोर्चाले साहको घर अगाडि बम विस्फोट गराएको थियो ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks