Loving nepal news

Tuesday, July 20, 2010

फोरम नेपालको सर्मथन खनाललाई

काठमाडौ, श्रावण ५ - प्रधानमन्त्री पदको निर्वाचनको समय नजिकदै जाँदा मधेसी जनअधिकार फोरम नेपालले एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री पदको लागि सर्मथन गर्ने भएका छन् ।

मंगलबार बसेको मधेसी जनअधिकार फोरम नेपालको बैठकले खनाललाई सर्मथन गर्ने निर्णय गरेको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठकपछि आफ्नो पार्टीको सर्मथन एमाले अध्यक्ष खनाललाई रहने बताए ।

यस अघि माओवादीसँग नजिक रहेको फोरम नेपालले अचानक आफ्नो सर्मथन एमालेलाई रहने निर्णय गरेको हो । आजै तमोलोपाका अध्यक्ष महन्थ ठाकुर र खनालबीच भएको आन्तरिक छलफलमा खनालले दुई तिहाइ पुगाए तमोलोपाको सर्मथन रहने बताएका थिए ।

त्यसैगरी मधेसी जनअधिकार फोरमका लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र खनालबीच भएको टेलिफोनवार्तापछि गच्छादार एमालेप्रति सकारात्मक देखिएको छन् । अहिले सर्मथनबारे निर्णय गराउन फोरम लोकतान्त्रिक केन्द्रीय समितिको बैठक पार्टी संसदीय कार्यालयमा बसिरहेको छ ।

माओवादी र मधेसबादी दल सर्मथनपछि अध्यक्ष खनाल ४०१ को नजिक पुगेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks