खस्कँदै नारायणहिटीको सौन्दर्य
सुरज कुँवर
काठमाडौ, श्रावण १ - संग्रहालयमा परिणत भएको नारायणहिटी राजदरबारको कमजोर व्यवस्थापनका कारण आन्तरिक र बाहिरी सौन्दर्य बिगिं्रदै छ ।
संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालय मातहत रहेको यस सम्पदाको मुख्य नारायाणहिटी भवनको छाना र भित्तामा झार र बिरुवा बाक्लै उमि्रएका छन् । बढ्दो फोहोर देखेर अवलोकनकर्ताले कर्मचारीको आलोचना गर्दै सुझाउने गरेका छन्, 'जनयुद्ध र १९ दिने जनआन्दोलनको उपलब्धिलाई जोगाई राख ल ।'
सबै नेपालीको सम्पत्ति भएको जनाउँदै र्कीतिपुरका हरिप्रसाद सुवेदीले केही दिनअघि सुझाव पुस्तिकामा टिप्पणी लेखे, 'दरबार अति फोहोर भो, सफाइ नियम शक्त लागू गर्नु' राजसंस्था रहँदा सेनाले समेत सफाई गर्ने सम्पदा निजामती कर्मचारीको जिम्मामा आएपछि सरकारी अड्डा झंै बनेको संकेत गर्दै अधिकांश अवलोकनकर्ताले नारायणहिटीको पछिल्तिर लेदोसहितको आकासे पानी जमेको फोहोरा बगंैचाको पोखरीमा पहिले झंै सफा पानी राख्न भनेका छन् ।
राजा वीरेन्द्रको परिवार मारिएको त्रिभुवन सदनस्थल अघिल्तिर झारपातले घेरिएको कुण्डमा पनि लेदो र फोहोर जमेकाले त्यसलाई पनि स्वच्छ राख्नुपर्ने अवलोकनकर्ताको माग छ ।
'जनआन्दोलनपछि नारायाणहिटीलाई संग्रालयमा परिणत गरेकोमा ठीकै हो' परिवारका साथ अवलोकनका लागि आएका पाल्पाका कमल खनालले भने, 'तर क्रान्तिकारी भनाउदाहरूका लागि बाँदरका हातमा नरिवल भयो' फोहोर र कमजोर व्यवस्थापनप्रति आक्रोश पोख्दै बाहिरिने बेलामा उनले सुझाव पुस्तकमा लेखे । उनको टिप्पणीमा समर्थन दिंदै अर्का अवलोकनकर्ता अग्निप्रसाद सापकोटाले सुझाव पुस्तकमा लेखे, 'यो संग्रहालय रत्नपार्क जस्तो बदाम/पानीपुरी बेच्ने अखडा नबनोस् ।'
बाहिरबाट हेर्दा फोहोर देखिनु स्वाभाविकै थियो तर भित्री सौन्दर्य पनि दयालाग्दो छ । झरी पर्दा सिंहासन राखिएको गोरखा बैठकभित्र पानी चुहिएर कार्पेट भिजेको छ । सजावटमा राखिएका अधिकांश गमलामा पात
कुहिएका छन् ।
फूलका बोट हुनुपर्ने बगंैचामा पनि झारकै बाहुल्यता देखिन्छ । दुई वर्षअघि गिरिजाप्रसाद कोइरालाले संग्रालय उद्घाटन गर्दाताका प्रयोग गरिएका सामग्री र स्थान परिचय पाटी ग्यालरीको कुनामा छरपस्ट छन्् ।
संग्रहालयको मुख्य भवन जीर्णोद्धारको कार्य जारी रहेकाले बालुवा र सिमेन्टका बोराले कुरूपता थपेको छ । चौरमा पानीका बोतल छरपस्ट देखिन्छन्् । शौचालयको दुर्गन्ध अवलोकनकर्ताले बाटैबाट थाहा पाउँछन् । पर्याप्त शौचालय नहुँदा पनि नारायणहिटीभित्र हाल चल्तीमा रहेको एउटा मात्र शौचालय फोहोर नै हुन्छ ।
कुनै बेलाको शाहवंशीय राजप्रासादको प्रतीक नारायणहिटीको मुख्य प्रवेशद्वारदेखि सुरु हुने कुरूपता र फोहोरले अधिकांश अवलोकनकर्ता 'नेपाली जनताको सम्पत्ति मानिएको यो पशुपतिनाथको मन्दिर जस्तो नहोस् ।' भन्न बाध्य हुन्छ्न्, संग्रहालय सचिवालय 'राजनीतिक कारणले
कर्मचारीलाई काम गराउन नसक्ने' अवस्थामा रहेको बताउँछ ।
नारायणहिटीको सौन्दर्य खस्किन थालेपछि सचिवालयले मन्त्रालयलाई पनि सफाइमा खटिएका केही कर्मचारीलाई काम गराउन कठिन भएको जानकारी गराएको छ । मन्त्रालयका एक सचिवले 'बदलिंदो राजनीतिक परिवर्तनका साथै माओवादी निकट कर्मचारी संगठन र दरबारका पूर्वकर्मचारीहरूबीचको अन्तरद्वन्द्वका कारण संग्रालयको व्यवस्थापन खस्केको स्वीकारे ।
'त्यहाँका कर्मचारीहरूबीचको अन्तरद्वन्द्वको कारण हो । यसको दीर्घकालीन समाधानका लागि समितिमा लैजाने तयारीमा छौं' ती सचिवले भने । दरबारमा रहेको माओवादी कर्मचारी इकाइका अध्यक्ष विनय खड्का 'संगठनको आडमा काम नगर्ने कर्मचारीलाई प्रशासनले कारबाही गर्नुपर्ने बताउँछन् ।
'कामै नगर्नेलाई प्रमुखले काम दिनुपर्या,े नगरे कारबाही गर्नुपर्यो, संगठनमा आबद्धलाई त्यागी बनेर खान भनेका छांै,' उनले भने । ५२ कोठामध्ये अवलोकनका लागि हाल खुला गरिएका १९ वटा र परिसरको सरसफाइ जिम्मा सहायक सचिव मीरा श्रेष्ठले सम्हालेकी छन् । उनको मातहतमा करिब ७० कर्मचारी छन् ।
उनले पनि बदलिंदो राजनीतिक कारणले सरसफाइ हुन नसकेको स्वीकारिन्् । संग्रहालय खुला भएको १६ महिनायता -शुक्रबारसम्म) ५ लाख ३ हजार ८ सय ४९ ले अवलोकन गरिसकेको यसको दैनिक आम्दानी लाख रुपैयाँको हाराहारीमा छ । सचिवालयका अनुसार शुक्रबारसम्म अवलोकनकर्ताबाट यसले ३ करोड ५१ लाख ७४ हजार ५ सय ३० रुपैयाँ आम्दानी गरेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks