काठमाडौ, श्रावण ११ - निजी क्षेत्रको पहिलो दूरसञ्चार सेवा प्रदायक कम्पनी स्पाइस नेपालले कुनै पनि नेटवर्कमा फोन गर्दा लाग्ने शुल्कमा भारी कटौती गरेको छ । अब एनसेलबाट फोन गर्दा प्रतिमिनेट १ रुपैयाँ ९९ पैसा लाग्नेछ । एनसेलले पि्रपेड मोबाइलबाट फोन गर्दा लाग्ने शुल्क घटाएको हो ।
नेपालको दूरसञ्चार क्षेत्रमा देखिएको प्रतिस्पर्धात्मक वातावरणले मूल्य घटेको हो । केही समयदेखि लगातार नयाँ योजना सार्वजनिक गरिरहेको एनसेलको यो महसुल दरले अन्यलाई पनि मूल्य घटाउन दबाब पर्नेछ । 'अर्को कम्पनीको नेटवर्कमा फोन गरेको २ रुपैयाँ १४ पैसादेखि २ रुपैयाँ ८३ पैसासम्म तिर्नु पथ्र्यो,' एनसेलकी सञ्चार प्रबन्धक सन्जू कोइरालाले भनिन्, 'अब कुनै पनि नेटवर्कमा फोन गर्दा प्रतिमिनेट १ रुपैयाँ ९९ पैसा लाग्छ ।' यी शुल्क करबाहकेका हुन् । यसअघि एनसेलको पि्रपेडबाट फोन गर्दा विभिन्न नेटवर्कमा भिन्दाभिन्दै पैसा थियो ।
एनसेलका कार्यकारी अधिकृत पासी कोइस्तीनेनले कम्पनी सधैं दूरसञ्चार सेवा सहज र सस्तो बनाएर उपभोक्तालाई फाइदा दिने योजनामा लागेको र नयाँ शुल्क कायम गरेर त्यो प्रमाणित भएको टिप्पणी गरे । एनसेलमा युरोपको प्रमुख दूरसञ्चार कम्पनी टेलियसोनेराको स्वामित्व छ ।
प्रविधि, गुणस्तरीय नेटवर्क, उपभोक्ताको समस्याको तत्काल समाधान, कलको शतप्रतिशत सफलतापछि आएको नयाँ शुल्कले उपभोक्तालाई धेरै फाइदा पुग्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार एनसेलबाट अन्य कम्पनीको नेटवर्कमा फोन गर्दा लाग्ने अन्तर आबद्धता शुल्क कटौती गरेर नयाँ शुल्क कायम गरिएको हो । तर कटौती गरिएको शुल्क प्रयोगकर्ताले साथी तथा परिवार सेवा र रात्रिकालीन शुल्क प्रयोग गर्न नपाउने कम्पनीले जनाएको छ । यो शुल्कको फोन लिनका लागि उपभोक्ताले मोबाइल एसएमएसमा 'एसएजेआईएलओ -सजिलो)' लेखेर ३०२ मा पठाउनुपर्छ । त्यसपछि एनसेलका उपभोक्ताले १ रुपैयाँ ९९ पैसामा फोन गर्न पाउनेछन् ।
एनसेलले केही महिनादेखि नयाँ योजना सार्वजनिक गरिरहेको छ । यसअघि कम्पनीले जीपीआरएस उपभोक्ताका लागि शुल्क कटौती र ९९ रुपैयाँ कल भ्यालु भएको सिमसहितको सस्तो मोबाइल सेट ल्याएको थियो । कम्पनीले हालैमात्र अरू नेटवर्कबाट फोन गर्दा ० हान्नु नपर्ने र नम्बर परिवर्तन गरेको
थियो । अहिले सबैभन्दा बढी बजार भएको टेलिकमको पि्रपेडबाट अरू कम्पनीलाई नेटवर्कमा फोन गर्दा २ रुपैयाँ ३० पैसादेखि ३ रुपैयाँ ८० पैसासम्म लाग्छ । टेलिकमको ्रपि्रपेड मोबाइलबाट आफ्नै नेटवर्कको मोबाइलमा राति फोन गर्दा ७५ पैसा र अन्य समयमा २ रुपैयाँ लाग्छ । यो शुल्क पनि कर बाहेकको हो ।
एनसेलले पछिल्लो समयमा बजार विस्तारका आक्रमक योजना लिएर आएको अवस्थामा टेलिकमले पनि ५५ पैसाको कर्पोरेट योजना ल्याउने घोषणा गरिसकेको छ । एनसेलको नयाँ शुल्कले उसलाई शुल्क कटौतीमा दबाब पर्ने विज्ञहरूको भनाई छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks