पोखरा, श्रावण ६ - अविरलवर्षार्संगै आएको पहिरोले कास्कीमा चारसय बढी कुखुरा पुरेको छ भने सडक पनि अवरुद्ध बनाएको छ ।
पर्यटकीय गाउँ लुम्ले गाविस वडा नम्बर चारका कृष्णप्रसाद तिमिल्सिनाको कुखुरा फार्म पहिरोले पुर्दा चारसय कुखुरा पुरिएको हो । यसबाट करीब एकलाख रुपैयाको क्षति भएको दावी तिमिल्सिनाले गरेका छन । फार्ममा रहेका अन्य एकसय कुखुरा भने जीवितै रहेको प्रहरीले जनाएको छ । यसैगरी बिहीबार विहान आएको पहिरोले कास्कीकै सराङकोट गाविसको गोठादीमा सडक पुर्दा कास्कीकोट जाने बाटो बन्द भएको छ ।
पोखरा बागलुङ राजमार्ग अन्तर्गत कास्कीको नयाँपुलमा गएको पहिरोले झण्डै ५ घन्टा राजमार्ग अवरुद्ध भएकोमा अहिले एकतर्फी खुलेको छ । स्थानीयबासी र सडक विभागमा कार्यरत कर्मचारीको पहलमा राजमार्ग खुलेको र प्रहरी टोली पठाइएको कास्की प्रहरी प्रबक्ता प्रेमबहादुर बस्नेतले बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks